बुधबार, २८ जेठ २०८२

रेमिट्यान्समा कीर्तिमान, एक महिनामै भित्रियाे १ खर्ब ६५ अर्ब रुपैयाँ


काठमाडौं । रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

यसअघि फागुन महिनामा १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकाे  थियो।सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यसअनुसार रेमिट्यान्स आप्रवाह १६.९ प्रतिशतले वृद्धि भएको छ।

अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ। यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिको १३ खर्ब ०१ अर्ब ७५ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० रहेको छ भने पुनः श्रम स्वीकृति लिने संख्या २ लाख ८० हजार ३१४ पुगेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ