मङ्गलबार, १९ जेठ २०८३

रवि लामिछाने आजदेखि पाँच दिने भारत भ्रमणमा, भाजपा नेतृत्वसँग भेटघाट गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत जाँदै छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले भारत जान लागेका हुन् ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनेछन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ