- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज निर्णायक वार्ता हुने भएको छ ।
पहिलो चरणमा दुई नेताबीच पाँच घन्टा छलफल भए पनि वार्ता निष्कर्षमा नपुगेपछि आज निर्णायक वार्ता हुने भएको हो ।
आगामी निर्वाचनमा नयाँ शक्तिहरु एक भएर जानु पर्ने माग उठेपछि रवि र बालेनले संवाद सुरु गरेका थिए तर, नेतृत्व कसलाई मान्ने भन्ने सहमति नहुँदा वार्ता निष्कर्षविहिन भएको थियो ।
रविसँग कुरा मिल्ने सम्भावना नदेखिएपछि बालेनले राजनीतिक छलफल र परामर्श गर्न थालेपछि फेरि दुबैलाई एकै ठाउँमा राखेर छलफल गर्ने योजना बनेको छ । आजको छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँने भएका छन् । यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार बाहिरिएको थियो । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो ।
रवि र बालेन दुबै आफुलाई एक अर्काको प्रतिस्पर्धी ठान्छन् तर, पनि मिल्नुपर्ने वाध्यता रहेको रास्वता नेताहरुले बताउदै आएका छन् । ‘नयाँ शक्ति भनिएका रबि र बालेन छुट्टा छुट्टै प्रतिस्पर्धामा जाँदा पुराना पार्टीलाई फाइदा हुने सम्भावना अत्याधिक छ त्यसकारण पनि मिल्नुको विकल्प छैन ।’ नाम उल्लेख नगर्ने सर्तमा रास्वपाका एक नेताले भने ।
पछिल्लो समय रास्वपा संगठन विस्तारमा अक्रामक ढंगले लागेको छ भने बालेनका समर्थकहरु पनि उत्तिकै छन् ।
टिप्पणीहरू: