- असार ०६, २०८०
काठमाडाैं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता हुने भएको छ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत रवि लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत ३२ जनाविरुद्ध माथि उल्लिखित तीन अभियोगमा आज मुद्दा दर्ता गर्न लागिएको हो।
साेही घटनामा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ। रवि भने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन्।
सम्पत्ति शुद्धीकरण आरोपमा अभियुक्तलाई बढीमा ९० दिन मात्रै हिरासत राख्न पाइने कानुनी व्यवस्थाअनुरूप उनीविरुद्ध शुक्रबार नै अभियोगपत्र दर्ता हुने अनुमान गरिएको थियो। शुक्रबार सोही प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरिएको छ।
टिप्पणीहरू: