आइतबार, २८ पुस २०८१

रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा


काठमाडाैं, २८ पुस । आइतबार बिहानै जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा गत पुस २५ गते  धरौटीमा रिहा भएका  लामिछाने  ३९ जनालाई स्वार्णलकक्ष्मी बचत ठगि अभियाेगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ