- असार ०६, २०८०
काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।
उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।
फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई पार्टीको जिम्मा लगाइने प्रहरी स्रोतकाे भनाई छ। सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा गत २ कार्तिकमा लामिछाने पक्राउ परेका थिए ।
टिप्पणीहरू: