- असार ०६, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय निजामती सेवा विधेयककाे कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएकाे हेरफेरलाई सुधार्न राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ।
रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएकाे हेरफेरलाई सुधार्न कि गल्ती स्वीकार गरेर समितिबाट राजीनामा दिन सभापति खतिवडालाई आग्रह गरेका हुन्।
‘राज्य व्यवस्था समितिका सभापति ज्यू! निजामती विधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो? की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्। र, पढ्दै नपढेर "हुन्छ" "हुँदैन" भन्नेहरूलाई "कुरी कुरी"’, उनले भनेका छन्।
राज्य व्यवस्था समितिका सभापति ज्यू! @RamhariKhatiwa
— Manish Jha (सचिवालय) (@ManishJhaOffice) July 1, 2025
निजामती बिधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो? की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्। र, पढ्दै नपढेर "हुन्छ" "हुँदैन" भन्नेहरूलाई "कुरी कुरी"
टिप्पणीहरू: