- असार ०६, २०८०
काठमाडौं, २५ भदौ । रेस्टुरेन्ट, बारलगायत सबै प्रकारका होटल, लजले अनलाइन माध्यमबाट शुल्क तिर्ने ग्राहकलाई भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको छ ।
आन्तरिक राजस्व विभागले भ्याटको १० प्रतिशत रकम फिर्ता गर्नुपर्ने निर्णय गर्दै निर्देशनसमेत जारी गरेसँगै रेस्टुरेन्ट, बार र सबै प्रकारका होटल तथा लजले रकम फिर्ता दिनुपर्ने भएको हो ।
आन्तरिक राजस्व विभागले अनलाइन भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) रकम फिर्ता गर्न होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई निर्देशन दिएको छ ।
विभागको गत २१ भदौ शुक्रबारको निर्णयानुसार डेबिट÷क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
विद्युतीय माध्यमबाट गरेको भुक्तानीलाई प्रोत्साहन गर्नका लागि विभागले भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय गरेको जनाइएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्थाअनुरूप भ्याटको १० प्रतिशत फिर्तासम्बन्धी निर्णय गरिएको विभागले उल्लेख गरेको छ ।
टिप्पणीहरू: