- असार ०६, २०८०
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको निर्देशनमा ठाउँ ठाउँमा विरोध प्रदर्शनको कार्यक्रम भएको छ । शुक्रबार लामिछाने पक्राउ पर्ने सन्देश प्रवाह हुने वित्तिकै पार्टी कार्यालय काठमाडौमा भेला भएर सरकार विरुद्ध चर्का नारा लगाएका थिए ।
जब लामिछाने पक्राउ परे । रास्वपा नेता पोखरा केन्द्रित भए । कास्कीमा उजुरी परेका कारण लामिछानेलाई प्रहरीले कास्की लैजाने जानकारी पार्टी कार्यकर्तालाई थियो । शनिवार रास्वपाले पोखरामा विरोध सभा आयोजना गर्दै कार्यक्रम गर्र्यो । कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एकाले सांसद ऋषिकेश पोखरेलको तस्बिर अंकित प्लेकार्ड बोकेर सहकारीका ‘असली ठग’ गुरुङ र पोखरेल भएको दावी गरे ।
तर, अहिले जसरी रास्वपा कार्यकर्ता सडकमा उत्रिएका छन् उनीहरु आफैंले लोकतान्त्रि चरित्र प्रस्तुत गर्न सकेका छैनन् । विरोधका लागि विरोध भन्दै केटाकेटा पारामा सरकारको आलोचना गरेका छन् ।
आज प्रहरीले लामिछानेलाई अदालतमा प्रस्तुत गर्दैछ । त्यहि कारण हुन सक्छ । ‘राजनीतिक प्रतिसोधबिरुद्धको ऐक्यवद्धताका लागि’ भन्दै दिउसो १२ बजेका लागि शहिद चोकमा कार्यक्रम राखेको छ । शायद त्यस कार्यक्रममा पनि उपसभापति स्वर्णिम वाग्ले, डिपि अर्याललगायतले भाषण गर्ने छन् र उनीहरुको आशय हुने छ सरकारले प्रतिसोधपूर्ण व्यवहार गर्र्यो ।
लोकतन्त्र हो, लोकतन्त्रमा सरकारको आलोचना मज्जाले गर्न पाइन्छ । सरकारले जनताको पक्षमा काम गरेन भने जनहितमा काम गर्न वाध्य पार्नका लागि शसक्त विरोध गर्नु प्रमुख प्रतिपक्षलगायत प्रतिपक्ष पार्टीको धर्म पनि हो । तर, अहिले जसरी रास्वपा कार्यकर्ता सडकमा उत्रिएका छन् उनीहरु आफैंले लोकतान्त्रि चरित्र प्रस्तुत गर्न सकेका छैनन् । विरोधका लागि विरोध भन्दै केटाकेटा पारामा सरकारको आलोचना गरेका छन् ।
रवि पक्राउका सन्दर्भमा सरकारले प्रतिसोध साँधेको किन पनि भन्न मिल्दैन भने संसदिय छानबिन समितिले कार्वाही सिफारिस गरेका गोर्खा मिडियाका पूर्व सञ्चालक मध्ये कुमार रम्तेल पूर्पक्षका लागि थुनामा छन् । अर्का सञ्चालक छविलाल जोशी पनि थुनामै छन् । लामिछानेले सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको तथ्यहरु प्रस्तुत भएकाले लामिछानेले कानुनी रुपमा उन्मुक्ति पाउने ठाउँ देखिँदैन ।
यस्तै प्रकृतिका आन्दोलन ०५१,०५१ ताक कांग्रेस एमालेले गर्थे । जो सत्ताबाट बाहिरिन्छ उसले सरकारको विरोध गरिहाल्ने परिपाटी थियो । विभिन्न तथ्य प्रमाणहरु अध्ययन गर्दा लामिछाने सहकारी ठगी प्रकरणमा स्रलग्न नभएको तथ्य भेटिँदैन । यस्तो अवस्थामा पक्राउ परेका लामिछानेले ‘दोषी प्रमाणित भएमा कानुन अनुसार कार्वाही भोग्छ’ु भनेको भए उनलाई वास्तवमै नेता मान्न सकिन्थ्यो तर, अहिले लामिछाने र उनका कार्यकर्ताहरुले जे तर्क गरिरहेका छन् । उनीहरुका तर्क सुन्दा लाग्छ । ‘अरुले ठगेका छन् भने हामीले ठग्न किन नपाउने ?’ आशयका कुरा गरिरहेका छन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलको उदहारण दिँदै रास्वपा कार्यकर्ताले भनेका छन् उनीहरुलाई चाँही कार्वाही नहुने हाम्लाई मात्रै किन ? पुराना पार्टीले देश बनाएनन् अब हामी बनाउछौं भनेर आउनेले उनीहरुलाई चाँही किन नभएको होइन । कानुन अनुसार उनीहरुसंगै हामीलाई पनि गर भन्ने हिम्मत गर्नुपर्छ । लामिछानेलाई प्रहरीले पक्राउ गर्नुको अर्थ उनी पूर्ण रुपमा दोषी ठहर भएका होइनन् । अदालतको निर्णय आउन बाँकी नै छ । तर, अहिले रास्वपा कार्यकर्ताको गतिविधी हेर्दा लाग्छ ‘चोरको खुट्टा काट’ भन्दा पहिल्यै खुट्टा तानेर बसेका छन् । हो, कांग्रेसको समर्थनमा केपी ओलीले नेतृत्व गरेको सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन । सय लिन पुग्न लागेको सन्दर्भमा केही मन्त्रीहरुले उपलब्धिका सूची सार्वजनिक गरे पनि जनताले विश्वास गर्ने अवस्था छैन । आफैंले गतिलो काम गर्न नसकेको अवस्थामा प्रमुख प्रतिपक्षी पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरेर सरकारले जस ठाउँ छैन । अर्को कुरा बहालवाला मन्त्री स्वयं सरकारी जग्गा हडपेको केशमा मुछिएका छन् भने कांग्रेस एमालेले उच्चसम्मान दिएका कतिपय पार्टीका नेताहरु नै अन्य विभिन्न सहकारी ठगीमा संलग्न भएको तथ्यहरु सार्वजनिक भैसकेको छ । यदि रास्वपा कार्यकर्ताले भने जस्तै आफ्नालाई केही नगरेर प्रतिसोध नै साँधेको हो भने सत्ताको आडमा केही दिन त आफ्नालाई जोगाउन सकिएला सँधै सम्भव हुँदैन भन्नेमा पुराना ठूला दल कांग्रेस र एमालेका शीर्ष नेतृत्व पनि सचेत हुन जरुरी छ ।
टिप्पणीहरू: