शनिबार, १२ वैशाख २०८३

काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेकाे निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए । 

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त गरेका छन् ।  काठमाडौँ महानगरका पूर्वप्रहरी प्रमुख पाण्डेले स्नात्तकोत्तर गरेका छन् । उनको ३० वर्षभन्दा बढी सार्वजनिक सेवा, सुरक्षा र प्रशासनिक व्यवस्थापनमा अनुभव रहेको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ