- असार ०६, २०८०
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बनेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मदवारी फिर्ता लिएका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएका थिए।
खुला केन्द्रीय सदस्य पदका लागि दिएको उहाँको उम्मेदवारी भने कायमै छ। एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ।
टिप्पणीहरू: