बिहिबार, ०८ माघ २०८२

प्रचण्डलाई पत्र लेख्दै रहबर अन्सारीले त्यागे पार्टी


फाइल तस्बिर

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्।

अन्सारीले बिहीबार हुलाकमार्फत राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बाेधन गर्दै लेखेकाे पत्रमा उनले पार्टीले साहस, इमान र जोखिम त्यागिसकेको आरोप लगाएका छन्।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ