शुक्रबार, ०९ माघ २०८२

भैरहवाको जहाज उड्न नसकेपछि चितवन प्रस्थान गरे रवि


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँबाट चितवन हुँदै भैरहवाका लागि निस्किएका छन्।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धराैटीमा छाड्न आदेश दिएपछि लामिछाने आज अदालतमा उपस्थित हुन भैरहवा जान लागेका हुन्।

आज बिहान ७:५५ मिनेटको उडान भए पनि भैरहवाको मौसम खराब हुँदा उनी काठमाडौँमै राकिएका थिए। तर, उनी अहिले बुद्ध एयरको जहाजमार्फत चितवन प्रस्थान गरेका छन्। लामिछाने चितवनबाट स्थलमार्ग हुँदै भैरहवा जाने बताइएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ