- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएकाे छ ।
कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा बाँडिएकाे बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्ने याेजना बनाएका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका थिए तर मुख्य सचिव पौडेलले नै अर्को सूचना पठाएर सो पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका छन् ।
डा. शेखर कोइराला समेतको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने प्रचार गरिए पनि काेइराला नआउने भएपछि पत्रकार सम्मेलन स्थगित भएकाे छ ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।
आगामी २७ र २८ भदाैमा कांग्रेशकाे विशेष महाधिवेशन हुँदैछ ।

टिप्पणीहरू: