- असार ०६, २०८०
काठमाडाैँ। मुख्यमन्त्री सरोज यादव अनुपस्थित भएपछि मधेस प्रदेशसभाको बैठक स्थगित भएको छ।
विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्री नै अनुपस्थित दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएकाे हाे।
बुधवार बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक ढिलो गरी साढे १० बजेपछि सुरू भए पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू उपस्थित नभएपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएकाे हाे।
टिप्पणीहरू: