शुक्रबार, १४ कात्तिक २०८२

प्रधानमन्त्रीकाे सचिवालयले भन्याे-गृहमन्त्री हटाउन बालेनले दबाब दिएका छैनन्


काठमाडाै‌ । विगत केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

'कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।' विज्ञप्तीमा उल्लेख छ ।

जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको हाे भन्दै सचिवालयले यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेकाे जनाएकाे छ । 

सचिवालयले यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरेकाे छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ