शुक्रबार, ०५ मंसिर २०८२

निर्वाचनबारे प्रधानमन्त्री कार्कीले गरिन् १२५ दलका नेताहरुसँग छलफल


काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे विभिन्न राजनीतिक दलसँग छलफल गरेकी छन्।

निर्वाचन आयोगमा दर्ता भएका नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा(एमाले)लगायत १२५ दलका नेताहरुसँग प्रधानमन्त्रीले बुधबार सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेकी हुन्।

गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ