शनिबार, १९ वैशाख २०८३

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् ।

सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये ६ वटा आज जारी गरेका हुन् ।

सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अन्य दुईवटा अध्यादेश भने अध्ययनकै क्रममा छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अध्ययनकै क्रममा रहेकाे छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ