- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दै छ । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू आउने क्रम सुरु भइसकेको बताए । ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ, यो दिनलाई युवाले लोकतन्त्रको उत्सवको रूपमा मनाउने छन्’, उनले भने ।
कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उनले जानकारी दिए । भोलिको कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने उनले दावी गरे ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्ने छन् भने बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियु अध्यक्ष समिक बडाल युवा तथा विद्यार्थी नेताहरू आनन्द सिंह, विष्णु पोखरेले अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतले धारणा राख्नने छन् ।
टिप्पणीहरू: