सोमबार, २७ असोज २०८२

कांग्रेसमा विशेष महाधिवेशनका लागि प्रस्ताव दर्ता तयारी, नियमित महाधिवेशन भन्दै ध्यानाकर्षण


काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै मंगलबार प्रस्ताव पेस गर्ने तयारी हुँदै गर्दा नियमित महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षार मंगलबार केन्द्रीय समिति बैठकअघि दर्ता गर्ने तयारी भएको बेला रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापा लगायतले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भेटेर सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन्।


महामन्त्री थापानिकट नेताहरुका अनुसार भोलि केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। त्यो बैठकअघि विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरसहितको निवेदन दर्ता गर्ने तयारी छ ।
 
सोमबारसम्म ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको विषय चर्कोरुपमा उठेको छ। खासगरी महामन्त्रीहरूले सभापति शेरबहादुर देउवाले नेतृत्वबाट विदा लिनु पर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ