सोमबार, २७ असोज २०८२

मंसिरमा विषेश महाधिवेशन गर्ने प्रचण्डकाे प्रस्ताव


काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले विशेष महाधिवेशन प्रस्ताव राखेका छन्।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्। 

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओली सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ।

पार्टीहरू रूपान्तरण हुनुपर्ने बहस चलेका बेला माओवादीले विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ