- असार ०६, २०८०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेभन्दा धेरै सीट जित्ने दाबी गरेका छन् ।
पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यसपटक एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने सम्भावना बढेको बताए ।
प्रचण्डले एमालेसँग कतिपय क्षेत्रमा तालमेलको हल्ला खारेज गर्दै जनताबाट तिरस्कृत र अश्वीकृत भएका तत्वहरूसँग कहिँ कतै गठबन्धन वा तालमेल नहुने प्रष्ट पारेको एक नेताले बताए ।
बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग तालमेलको सम्भावना नरहेकाे बताए ।
टिप्पणीहरू: