- असार ०६, २०८०
ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको बताएका छन्।
शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा सहभागी भएका प्रचण्डले ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री नियुक्त भएकाे बताए ।
'केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो । अहिले यो सरकार हावामा बन्यो भन्न मिल्छ त ? उहाँ नै सिफारिसकर्ता हो।' उनले भने ।
टिप्पणीहरू: