- असार ०६, २०८०
सुर्खेत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत आइपुगेका छन् ।
उनी भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) कर्णाली प्रदेश समितिको सम्मेलनलाई सम्बोधन गर्न सुर्खेत आएका हुन् ।
आज र भोलि सञ्चालन हुने सो सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राजनीतिक र सांगठनिक विषयमा मार्गदर्शन प्रदान गर्ने कार्यक्रम रहेको छ ।
वीरेन्द्रनगरमा सञ्चालन हुने सम्मेलनमा सहभागी हुन कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ७१८ जना प्रतिनिधिहरू सुर्खेत पुगिसकेका छन् ।
टिप्पणीहरू: