- असार ०६, २०८०
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको उनकाे सचिवालयले जनाएकाे छ ।
बैठकमा हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल हुने बताइएकाे छ । यसैगरी समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।
टिप्पणीहरू: