आइतबार, ०४ असोज २०८३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ


विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।

उनी मोरङको बेलबारीबाट पक्राउ परेका हुन् ।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट दाहाल पक्राउ परेका हुन् ।

उनले पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा अभिब्यक्ति दिएका थिए । विभिन्न युट्युव च्यानल मार्फत दाहाले बालेन सरकार विदेशीबाट सञ्चालित भएकाे आराेप लगाउने गरेका छन् ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताए ।

दाहाललाई आजै काठमाडौं पठाइने तयारी सुरु भएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ