मङ्गलबार, १७ चैत २०८२

संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक आव्हान गरेकाे हो ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि सर्वदलीय बैठक बस्नेछ ।

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ