शुक्रबार, ०५ वैशाख २०८२

प्रधानमन्त्रीलाई १० सांसदकाे प्रश्न: प्रभु साहलाई जवाफै दिएनन्, सांसदमाथि नै प्रतिप्रश्न (पूर्णपाठ)


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले सोधेका प्रश्नहरुको जवाफ दिएका छन्।

प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम आइतबारकाे बैठकमा प्रधानमन्त्री ओलीले १० सांसदले सोधेका प्रश्नहरुको जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीलाई सांसदहरु प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका थिए।

९ सांसदकाे प्रश्नकाे उत्तर दिएका उनले प्रभु साहकाे प्रश्नकाे भने उत्तरै दिएनन्। बरु प्रधानमन्त्री ओलीले उल्टै सांसद साहले सोधेका प्रश्नमा आक्रोश पोख्दै प्रतिप्रश्न गरे।

उनले सांसद साहकाे  प्रश्नहरु मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेकाे भन्दै जवाफ दिन मानेनन्।

‘उहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन्’,‘संसदजस्तो गरिमामय ठाउँमा यस्तो भाषाले तपाईंलाई के लाभ भयो रे, विदेश पठाएर जस्ता भाषा ? म म्यानपावर कम्पनीको मान्छे हुँ?’,  ओलीले आक्रोश हुँदै प्रश्न गरे।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाको प्रश्नमा प्रतिप्रश्नसहित जवाफ दिए ।

प्रधानमन्त्री र सांसदबीचकाे प्रश्नाेत्तरकाे पूर्णपाठ


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ