शनिबार, २४ जेठ २०८२

प्रधानमन्त्रीले बाेलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


काठमाडाैं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएकाे छ । शुक्रबार बेलुका ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बाेलाएका छन् ।

बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।

सरकारले ल्याएको अध्यादेश पास हुन नसक्दा सरकार दवावमा छ । भोलिको बैठकमा अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ