- असार ०६, २०८०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ।
बैठक धुम्बाराहीस्थित एसआर बैंङ्क्वेटमा आजदेखि सुरु भएकाे हाे। बैठक आज र भाेलि सञ्चालन हुनेछ।
बैठकमा पार्टीकाे आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्यलगायतका विषयमा छलफल हुने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
उनले वर्तमान सरकारले अहिलेसम्म गरेकाे गतिविधिका बारेमा समेत समीक्षा गरिने बताए। अर्थतन्त्र शिथिल र कमजोर भएको भन्दृ यसबारे बैठकमा छलफल गरिने उनले बताए।
उनका अनुसार बैठकमा मंहगी, निर्माण सामग्रीको मूल्य वृद्धिलगायतका विषयमा छलफल हुनेछ।
टिप्पणीहरू: