- असार ०६, २०८०
ललितपुर । रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरुको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् ।
रिले अनसनप्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डे आइतबार जावलाखेल पुगेका हुन् । ललितपुरबासीले आयोजना गरेको रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीहरुको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान हुनुपर्दछ भन्दै ऐक्यवद्धता जनाए ।
रिले अनसन तेस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।
आस्थाका बन्दी रिहाइ गर, मानव अधिकारको सम्मान गर, हिन्दु अधिराज्य कायम गर, राजसंस्था पुनस्थापना गरलगायत अनसनकाे माग रहेकाे छ। यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जनप्रति हार्दिक श्रद्धान्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।
झुटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाई छ ।
टिप्पणीहरू: