सोमबार, ०८ पुस २०८१

पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीविच धकेला धकेल


पोखरा, ४ कात्तिक । पोखरामा प्रशासनले निषेधित क्षेत्र तोकेको स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरी र प्रदर्शनकारीविच धकेला धकेल भएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि रास्वपा कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आएका छन् । आइतबार लामिनाछेलाई अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ