शनिबार, २४ जेठ २०८२

विपक्षीकाे अडान कायमै, प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घण्टालाई स्थगित गरिएको छ ।


भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानसहित आज पनि विपक्षी दलले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने भनेपनि उनीहरूले मानेनन् ।

गृहमन्त्रीलाई आफ्ना कुरा राख्न दिन पटकपटक सभामुखले आग्रह गरेकोमा विपक्षी सांसदहरूले इन्कार गरेपछि अहिले बैठक स्थगित गरिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ