शनिबार, २४ जेठ २०८२

भिजिट भिसा प्रकरणमा प्रतिपक्षकाे अडान कायमै, संसद् बैठक भोलिसम्मका लागि स्थगित


काठमाडौँ। प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

प्रतिपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने अडान कायम राखेपछि बैठक स्थगित गरिएकाे हाे।

संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसँग जोडेर आएका विषयलाई लिएर प्रमुख प्रतिपक्षीलगायत दलहरूले आज गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेका थिए। त्यसपछि संसद् खुलाउने विषयमा दलहरूबीच प्रयास भएपछि सहमति जुट्न नसकेकाे हाे।

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएकामा पुनः सूचना टास गरी दिउँसो २ बजेर ३० मिनेटका लागि समय निर्धारण गरिएको थियो। त्यसपछि पनि  सत्ता र प्रतिपक्षीबीच सहमति नजुटेपछि बैठक स्थगित गरिएकाे हाे।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ