- असार ०६, २०८०
काठमाडाैं । गृहमन्त्री रमेश लेखककाे राजीनामा माग गर्दै आएका विपक्षी दलले बिहीबार संसदमा बजेट पेश गर्न दिने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संसद् भवनमा बसेको विपक्षी दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा माग्ने तर बजेट पेस गर्न भने नरोक्ने निर्णय गरेको हो।
बजेट आउने दिन संविधानमा किटान गरिएकाले बजेट ल्याउदा अवराेध नगर्ने विपक्षी दलका नेताहरुकाे भनाई छ ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेख लेखकको राजीनामालाई भने प्रतिपक्षी दलहरुले बटमलाइन बनाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी छन्।
टिप्पणीहरू: