- असार ०६, २०८०
फाइल तस्विर
काठमाडौं । विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको बैठकमा प्रतिपक्षी दलहरुले आफ्नो अडानबाट पछाडी नहट्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए ।
विपक्ष दलको अवरोधका बीच सत्तापक्षले भने आज गृहमन्त्रीलाई जवाफका लागि सदनमा उभ्याउने तयारी गरेको छ । गृहमन्त्रीसहित प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले गृहमन्त्रीले राजीनामा नदिने तर सदनमा बोल्ने निर्णय गरेको छ । तर, विपक्षी दलले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएकाे छ ।
बिहान ११ बजे बोलाएको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।
टिप्पणीहरू: