मङ्गलबार, १९ जेठ २०८३

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बेल घेर्ने तयारीमा प्रतिपक्ष दल


फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिका सन्दर्भमा आज प्रतिपक्षी दलहरुले संसद बैठकमा प्रतिवाद गर्ने भएका छन् । 

आइतबारकाे बैठकमा आकस्मिक उपस्थित भएका प्रधानमन्त्री शाहले संसदहरुले साेधेकाे प्रश्नकाे जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीकाे उक्त भनाई सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चर्काे विराेध भएकाे छ । हिजोको बैठकमा केही प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डीपी अर्यालले सुनुवाई नगरेकाे गुनासाे छ ।

सभामुख अर्यालले संसद नियमावली जबरजस्ती पारित गर्न लागेपछि हिजो दिनभरको बैठक तनावपूर्ण भएको थियो । आज भने प्रधानमन्त्रीको अभिव्यक्ति का सन्दर्भमा दलहरु केन्द्रित हुने भएका छन् ।

आजको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकअघि प्रतिपक्षी दलका प्रमुख नेताहरुबीच अनौपचारिक छलफल हुने एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ