- असार ०६, २०८०
काठमाडौँ। संसद् अवरोधबारे छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बसिरहेकाे छ।
संसद् भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसेको हो।
बैठकमा माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन्।
भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन्।
टिप्पणीहरू: