- भदौ ०१, २०८१
काठमाडौँ । पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) का नेता तथा वर्तमान प्रतिपक्ष नेता शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको बुधबार राति गोली हानी हत्या गरिएको छ ।
बीबीसीका अनुसार यो घटना राजधानी कोलकाता नजिकैको मध्यमग्राममा भएको हो ।
एजेन्सीहरूले सार्वजनिक गरेका भिडियोहरूमा चन्द्रनाथ रथलाई अस्पताल लगिँदै गरेको देखाइएको छ । उनी सवार गाडीमा विधानसभा पासको स्टिकर पनि टाँसिएको थियो ।
बीजेपीले चन्द्रनाथ रथको हत्यालाई ‘सुनियोजित’ भनेको छ। तृणमूल कांग्रेसले घटनाको निन्दा गर्दै अनुसन्धानको माग गरेको छ । प्रहरीले भने घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।
हालै सम्पन्न चुनावमा शुभेन्दु अधिकारीले भवानीपुर बाट टीएमसी नेतृ तथा निवर्तमान मुख्यमन्त्री ममता बनर्जीलाई करिब १५ हजार मतान्तरले पराजित गरेका थिए ।
पश्चिम बंगालको चुनाव परिणामपछि हिंसात्मक घटना हुन सक्ने आशंका व्यक्त गरिएको थियो । राज्यमा तोडफोड र हिंसाका धेरै घटनाहरू सार्वजनिक भएपछि बीजेपीले विज्ञप्ति जारी गर्दै टीएमसीका मानिसहरूले आफ्नो पहिचान परिवर्तन गरेर यस्ता गतिविधि गरिरहेको आरोप लगाएको थियो र यस्ता घटनालाई सहन नसकिने बताएको थियो ।
टिप्पणीहरू: