शुक्रबार, २७ चैत २०८२

ओली लेखक हाजिरी जमानीमा रिहा


काठमाडाै‌ं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परेका बेला हाजिर हुने सर्तमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई  रिहा गरेकाे हाे ।

ओलीलाई श्रीमती राधिका शाक्य र लेखकलाई उनीक श्रीमती यशोदा जोशी लेखकको जिम्मा लगाएकाे प्रहरीले जनाएकाे छ ।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो।

गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १४ गते शनिबार पक्राउ गरेको थियो।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ