मङ्गलबार, ०८ वैशाख २०८३

पाेष्टरमा पनि अटाउन छाडे ओली


काठमाडौं । पार्टी अध्यक्ष पदबाट राजीनामाकाे दवाव खेपिरहेका केपी शर्मा ओली अहिले आफ्नै कार्यकर्ताबाट हेपिन थालेका छन् ।

कुनै बेला एमालेले पार्टीसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्दा आफ्नाे फाेटाे अनिवार्य राख्न ह्विप जारी गरेका ओली अहिले पाेष्टरमा देखिन छाडेका छन् । पार्टीको सचिवालय बैठकले २ वर्षअघि सार्वजनिक कार्यक्रमका ५ बुँदे मापदण्ड तयार पार्दै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो ।

याे रणनिति तत्कालिन महासचिव शंकर पाेखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतकाे थियाे ।

कार्यक्रमको गरिमा र मर्यादा बढाउन भन्दै पार्टी र जनसंगठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने सर्कुलर नै गरिएको थियो ।

त्यती मात्रै हाेइन ओली सहभागी हुने कार्यक्रममा ओलीका बुख्याँचा बनाएर समेत राखिन थालेकाे थियाे । तर, अहिले ओली कतै देखिँदैनन् । गत निर्वाचनमा उम्मेदवारहरुले समेत ओलीकाे फाेटाे राखेनन् ।

गत भदाै २३ र २४ मा भएकाे जेनजी आन्दाेलनपछि रक्षात्मक अवस्थामा पुगेका ओलीलाई अहिले कार्यकर्ताले समेत  किनारालगायन थालेका छन् ।

एमालेले भोलि कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवस मनाउँदैछ । भर्खरै  सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको मात्र तस्बिर छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ