मङ्गलबार, १२ फागुन २०८२

ओली भन्छन्-चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसपालीकाे चुनावमा कसैले बुथ कब्जा गर्न नसक्ने बताएका छन् ।

झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले  एमालेबाहेक अरू कसैले देशका लागि काम नगरेकाे दावी गरे । उनले देशमा काम धेरै भइरहेको र अधुरा काम पूरा गर्न बाँकी रहेको बताए।

चुनावमा हुने बथ कब्जाका सन्दर्भमा उनले आगामी चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिए।

उनले भने, ‘मतदान गर्नको लागि कुनै अवरोध हुन हुँदैन। एमाले सधैँ अडिग रहँदै आएको छ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरेर हुन्छ। बुथ कब्जा गर्ने छुट दिइने छैन कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन।’

शान्ति सुरक्षा काम गर्नको लागि नेशनल युथ फोर्सले गर्ने बताए।

झापा ५ बाट उम्मेदवार बनेकाे ओली अहिले चर्काे दवावमा छन् । साेही क्षेत्रबाट काठमाडाैं महानगरपालिकाका पूर्व मेयर बालेन शाह उम्मेदवार बनेपछि अहिले ओली झापा केन्द्रित भएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ