आइतबार, १५ चैत २०८२

बालेनकाे सपथमा ओली-देउवा अनुपस्थित


काठमाडौं । प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा सहभागी भएनन् । ‌ओली स्वदेशमै रहेपनि नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका देउवा विदेशमा छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् ।

झापा ५ मा ओली र बालेनले चुनावी प्रतिस्पर्धा गरेका थिए भने ओली बालेनसँग पचास हजार मतान्तरले पराजित भएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ