- असार ०६, २०८०
धरान (सुनसरी) । देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताउनुभएको छ ।
धरान उपमहानगरका प्रमुख समेत रहेका उनले मंगदबार धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने, “जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।”
श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले बताए । अध्यक्ष राईले भने “पार्टीको उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभइ, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”
स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित राईले भर्खरै पार्टी दर्ता गरेका छन् । जेनजी आन्दाेलनपछि प्रधानमन्त्रीकाे दावी समेत गरेका राई अहिले पार्टी विस्तार अभियानमा छन् ।
टिप्पणीहरू: