बिहिबार, ०८ माघ २०८२

राम मन्दिर क्षेत्रको १५ किलामिटर क्षेत्रमा मांसहारी खाना प्रतिवन्ध


नयाँ दिल्ली । राम मन्दिरको १५ किलोमिटरको दायरा भित्र मांसाहारी खानाको होम डेलिभरीमा अयोध्या प्रशासनले प्रतिबन्ध लगाएको छ । यो निर्णय एक उजुरीको आधारमा गरिएको थियो ।

खाद्य डेलिभरी कम्पनीहरूले अयोध्या शहरको यस क्षेत्रमा मांसाहारी खाना डेलिभरी गरिरहेको उजुरी परेको थियो ।
यसबाहेक, अयोध्या शहरका होटल र होमस्टेहरूलाई पनि चेतावनी दिइएको छ ।  टाइम्स अफ इन्डियाका अनुसार, अयोध्याका सहायक खाद्य आयुक्त माणिकचन्द्र सिंहले यस क्षेत्रमा पहिल्यै मांसहारी खाना प्रतिवन्ध गरिएको जानकारी दिँदै अनलाइन अर्डर मार्फत मांसहारी भोजन वितरण गरिएको गुनासो आएकाले यो निर्णय गर्न वाध्य भएको जनाएको छ ।

अब यस क्षेत्रमा १५ किलोमिटर भित्र बसोवास गर्नेले अनलाइन अर्डर मार्फत पनि मांसहारी खाना अर्डर गर्न पाउने छैनन् ।

‘सबै होटल, पसल र डेलिभरी कम्पनीहरूलाई यो प्रतिबन्ध आदेशको बारेमा जानकारी गराइएको छ । प्रशासनले यसको पालना सुनिश्चित गर्न नियमित रूपमा अनुगमन गर्नेछ ।’ सिंहले भने । यद्यपि, अयोध्या नगर निगम (एएमसी) ले गत वर्ष मे महिनामा रामपथको १४ किलोमिटर खण्डमा मदिरा र मासु बिक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरे पनि,रामपथमा अझै पनि दुई दर्जनभन्दा बढी इजाजतपत्र प्राप्त मदिरा पसलहरू छन् ।

एएमसीका एक अधिकारीले भने, ‘हामीले फैजाबाद शहरको राम पथमा अवस्थित मासु पसलहरू पनि हटाउने प्रयास गरेका छौं, तर राम पथबाट रक्सी पसलहरू हटाउन हामीले जिल्ला प्रशासनबाट अनुमति लिनुपर्नेछ ।’
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ