- असार ०६, २०८०
फाइल फाेटाे
जनकपुर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न माग गर्दै ७ दलले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
मधेश प्रदेशसभाका ७४ सांसदले सभाखुको सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरूको प्रस्तावमा सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेको हुनाले अविश्वासको प्रस्ताव दर्ता गरिएको उल्लेख छ ।
मधेशमा १०४ जना सांसद छन् । १ निलम्बन र सभामुखसहित एमालेका २५ जना छन् । सभामुखमाथि अविश्वास प्रस्तावका लागि कांग्रेस, जनमत, जसपा नेपाल, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहित दलहरूले दुई तिहाइ पुग्छ ।
टिप्पणीहरू: