मङ्गलबार, १३ साउन २०८२

बागमतीमा बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव पारित


काठमाडाैं। बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। 

संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ ।

अविश्वासको पक्षमा भने २२ मत परेको छ पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए । यो सँगै लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका हुन् ।

 अब बागमतीमा इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ। पार्टी सभापति शेरबहादुर देउवाकाे निर्देशनमा कांग्रेस बागमतीका सांसदहरुले लामाविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गराएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ