- असार ०६, २०८०
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बिहीबार २७ अंक बढेको छ ।
बिहीबार कारोबार भएका मध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जी छन् । त्यसैगरी नेप्सेमा कारोबार भएका २ सय १ कम्पनीको सेयर मूल्य बढेको छ । बिहीबार ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
बिहीबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक पनि बढेका छन् । यस दिन बैंकिङ ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल १७.०७, जलविद्युत् ५८.५०, लगानी १.२८, जीवन बीमा १४३.८५, उत्पादनमूलक ६९.२१, लघुवित्त २९.५५, सामूहिक लगानी कोष ०.१२, निर्जीवन बीमा २१८.९२ र अन्य समूह ४६.२९ अंक बढेका छन् । तर, बिहीबार नेप्सेमा कारोबार भएको व्यापार समूहमा भने १८.५१ अंकले गिरावट आएको छ ।
बिहीबार कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । नेप्सेमा ३ सय २६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो ।
बुधबार नेप्सेमा ३ सय २६ कम्पनीको ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको थियो ।
टिप्पणीहरू: