- असार ०६, २०८०
 समयआवाज  संवाददाता
                                    
                                       समयआवाज  संवाददाता
                                    
                                    
                                 
                               
काठमाडौं । बिहीबार नेप्से ३४.२२ अंकले बढेपछि सेयर बजार २६००.३८ मा कायम भएको छ ।
कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५१ करोडको भयो । आज हिमालयन बैंकको संस्थापक सेयर मात्रै १ अर्ब ६६ करोडको कारोबार भएकाले उल्लेख्य बढेको हो ।
२१६ कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो । त्यस्तै ५ कम्पनीको स्थिर रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशत बढ्यो ।
बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ तथा व्यापार ०.८८ प्रतिशत बढे ।
टिप्पणीहरू: