शनिबार, ०६ असार २०८३

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि


काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३१ अङ्कले उकालो लागेर चार सय ६३ दशमलव ९८ मा पुगेको छ ।

कारोबार भएका आधारमा कूल ११६ कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएको छ । यस्तै, १४० कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको  छैन ।

कूल तीन सय ५३ कम्पनीको एक करोड नौ लाख २२ हजार पाँच सय २५ कित्ता शेयर रु चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८८/८७ शीर्ष स्थानमा छ । यस्तै,ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८४/८५, सोपान फर्मासिटिकल्स,आँखु खोला जलविद्युत् कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, अपोलो हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सर गुराँस लघुवित्तको शेयरधनीले कमाएका छन् ।

यस्तै, बुङ्गल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंकको डिवेञ्चर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सालपा विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ